दफा ३६
कारागारमा राख्न नहुने
: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि मानसिक वा मनोसामाजिक अपाङ्गता भएका कुनै व्यक्तिलाई उपचार वा संरक्षणको नाममा कारागारमा राखिने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि फौजदारी कसूरमा कारबाही चलिरहेका वा सजाय पाएका अपाङ्गता भएका व्यक्तिलाई प्रचलित कानून बमोजिम कारागारमा राख्न बाधा पर्ने छैन ।